नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । ललितपुरको बालकुमारीस्थित कान्तिपुर सिटी प्यालेसमा जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
यस्तै, बैठकमा सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेस गरेका छन् । ती प्रतिवेदनमाथि केन्द्रीय कमिटीमा १२ वटा समूह विभाजन गरी छलफल चलिरहेको छ ।
बुधबार ती समूहका नेताले छलफलको निष्कर्षबारे बैठकमा प्रस्तुत गर्नेछन् । त्यसपछि निर्णय पारित गर्दै केन्द्रीय कमिटीको बैठक समापन हुने सो पार्टीले जनाएको छ ।
एकीकृत समाजवादीले आगामी असर १० देखि १६ गतेसम्म पार्टीको महाधिवेशन गर्ने मिति तोकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।