आलियाले भोट हाल्न पाउँदिनन् भारतीय लोकसभा निर्वाचनमा

एजेन्सी– अहिले भारत पूरै निर्वाचनमय भएको छ । तर, बलिउडका केही अभिनेता तथा अभिनेत्रीले भारतीय लोकसभा निर्वाचनमा भोट हाल्न पाउँदैनन् । त्यसैले यस्ता समाचार पनि भारतीय मिडियामा आउन थालेका छन् । अहिलेको निर्वाचनमा भोट हाल्न नपाउनेमध्ये एक कलाकार हुन्, आलिया भट्ट । 

इन्डिया टुडेसँगको एक अन्तर्वार्तामा आलियाले यो खुलाएकी हुन् । उनले भनिन्, ‘म भोट गर्न सक्दिनँ, यसको कारण चाहिँ मेरो पासपोर्ट हो ।’ यसअघिको लोकसभा निर्वाचनमा पनि आलियलाई यही कुरा सोधिएको थियो । त्यतिबेला उनले दोहोरो नागरिकता लिने बताएकी थिइन् । तर, भारतमा दोहोरो नागरिकताको प्रावधान नै छैन । अहिले आलियासँग बेलायती नागरिकता भएकाले उनले भारतीय लोकसभा निर्वाचनमा भोट हाल्न नपाउने भएकी हुन् । उनकी आमा सोनी राजदान बेलायती नागरिक भएकाले आलियाले भारतीय राहदानी लिनुभन्दा अगाडि नै बेलायती राहदानी लिएकी थिइन् । 





  • प्रकाशित मिति : बैशाख २, २०७६ साेमबार ९:४८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया