logo-img

एमालेले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिने, तर सरकारमा नजाने

नेकपा एमालेले सुदूरपश्चिम संसदीय दलको बैठकले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएकाे छ । 

प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अध्यक्षतामा बुधबार बसेको बैठकले यस्ताे निर्णय गरेकाे हाे । 

एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरे पनि तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिने तर तत्काल सरकारमा नजाने निर्णय भएको एक प्रदेशसभा सदस्यले जानकारी दिए । 

बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमका लागि सत्तारुढ दलसँग छलफल गर्ने निर्णयसमेत गरेकाे छ । 

मुख्यमन्त्री सोडारीले बिहीबार विश्वासको मत लिने कार्यतालिका छ । साे दिन बिहान सवा १० बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको छ ।





  • प्रकाशित मिति : जेठ २, २०८१ बुधबार १६:११:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया