logo-img

डाक्टर केसीको सत्याग्रह : पहिले गुणगान नै गुणगान, अहिले अनशनस्थल सुनसान

पशुपति क्षेत्रको मृगस्थलीमा अनशन बसिरहेका डाक्टर गोविन्द केसीले स्वास्थ्य अवस्था कमजोर बन्दै गएको भनेर कसैसँग कुराकानी गर्न अस्वीकार गरेका छन् । २२औँ अनशनको चौथो दिन मंगलबार मात्रै उनले फरकधारसँग कुराकानी गरेका थिए । 

डाक्टर केसी विगतमा जस्तै स्वाथ्य क्षेत्रका विभिन्न माग राखेर २२औँपटक अनशनमा बसिरहेका छन् । केसीले आफूसँग विगतमा सरकारले गरेका सम्झौता कार्यान्वयन गराउन दबाब दिने उद्देश्यले यो अनशन सुरु गरेका हुन् । 

उनले सबै नेपालीलाई निशुल्क औषधि–उपचारको व्यवस्था गर्नुपर्ने, यसअघि गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने विषयमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने, कार्की आयोगले दोषी ठहर्याएका व्यक्तिहरुलाई कारबाही गर्नुपर्ने थप चारबुँदे माग राखेर पाँचदिन देखि अनशनमा छन् । 

यसअघि दशौंँ पटकको अनशनसम्म स्वास्थ्य क्षेत्र सुधारका निम्ति उनले गरेका सत्याग्रहमा ठूलो संख्यामा मानिसहरुले साथ दिँदै आएका थिए । यसपटकको अनशनमा भने पाँचौं दिन डा. केसीको सत्याग्रह स्थल सुनसान छ । 



उनलाई बुधबार बिहान ८ बजेसम्म, विद्यार्थी देखि अधिवक्तासम्म गरी ८२ जनाले भेट गरेको डा.केसीको सत्याग्रहको समर्थन गर्दै उनको रेखदेख गरिरहेका पवन थापाले बताए ।



  • प्रकाशित मिति : जेठ २, २०८१ बुधबार १६:५४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया