सुडान सङ्कटः पूर्वसरकारका मन्त्रीहरु गिरफ्तार

एजेन्सी– सुडानमा सेनाले यसअघिको सरकारका मन्त्रीहरु गिरफ्तार गरेको छ । केही दिनअघि सेनाले राष्ट्रपतिलाई अपदस्थ गरि आफूले सत्ता सम्हालेको थियो । झन्डै तीन दशकदेखि सुडानको सत्ता सम्हालेका ओमर अल बसिरलाई बर्खास्त गरेको सेनाले अहिले भइरहेका आन्दोलनलाई दमन नगर्ने जनाएको छ । 

सेनाले कू गरेपछि सुडानका जनताले आफूहरुले जननिर्वाचित सरकार नआएसम्म आन्दोलन नरोक्ने बताएका छन् । उनीहरुले आन्दोलन सुरु गरेयता सैनिक कू गरेका सेना प्रमुखले भने राजीनामा दिइसकेका छन् । 

अब सुडानका जनताले विद्रोह नरोक्ने बताएपछि सेनाका प्रवक्ता माज जेन साम्स अद दिन सान्टोले विपक्षी दलहरुले चुनेका व्यक्तिलाई नै प्रधानमन्त्री बनाउने बताएका छन् । ‘हामी प्रधानमन्त्री नियुक्त गर्दैनौँ,’ उनले भनेका छन्, ‘उनीहरुले नै छान्ने छन् ।’ उनले विपक्षी र आन्दोलनरत समूहले नै प्रधानमन्त्री छान्ने बताएका हुन् । 

उनले सेनाले आन्दोलन गरिरहेका समूहमाथि कुनै शक्ति प्रयोग पनि नगर्ने बताएका छन् । 

सत्ता हातमा लिएपछि त्यहाँ बनेको सैन्य परिषद्ले अमेरिका र स्विट्जरल्यान्डका लागि यसअघि नियुक्त भएका सुडानका राजदूतलाई बर्खास्त गर्दै फिर्ता बोलाएको छ ।





  • प्रकाशित मिति : बैशाख २, २०७६ साेमबार १०:२३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया