logo-img

निर्दोष ठहरिए सन्दीप लामिछाने, उच्च अदालतले दियो सफाइ
फाइल तस्बिर

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् ।  उनलाई उच्च अदालत पाटनले सफाइ दिएको हो ।  

गौशाल–२६ ले आफूमाथि बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। 

उक्त जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले लामिछानेलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो ।  

उक्त फैसलाविरुद्ध लामिछाने उच्च अदालत पुगेका थिए । आज  न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौं जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो । 





  • प्रकाशित मिति : जेठ २, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया