logo-img

सफाइ पाएसँगै सन्दीप लामिछानेले के भने ?

उच्च अदालत पाटनले सफाइ दिएसँगै क्रिकेटर सन्दीप लामिछानेले अदालत र न्यायाधीशहरुप्रति आभार प्रकट गरेका छन् । 

अदालतप्रति आफ्नो विश्वास र आस्था यसअघि पनि निरन्तर रहेकाे र भविष्यमा पनि अटल रहने उनले बताएका छन् ।

‘मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु । अदालतप्रति मेरो विश्वास र आस्था निरन्तर थियो र भविष्यमा पनि अटल रहनेछ,' उनले भने, समर्थकहरुको यो मायाले खेलमार्फत राष्ट्रका लागि योगदान दिने मेरो अठोट र अभिलाषा अझै उच्च बनेको छ ।’

बुधबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले किक्रेटर सन्दीपलाई सफाइ दिएको हाे । आज दिनभर सन्दीप उच्च अदालतमै थिए । 

लामिछानेलाई यसअघि जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो ।





  • प्रकाशित मिति : जेठ २, २०८१ बुधबार १८:७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया