logo-img

त्रिवि सेवा आयोगको सदस्यमा प्रा.डा. भट्टराई नियुक्त

त्रिभुवन विश्वविद्यालयकाे सेवा आयोगको सदस्यमा प्रा. डा. अजय भट्टराई नियुक्त भएका छन् । त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले भट्टराईलाई आयोगको सदस्यमा नियुक्त गरेका हुन् । 

शिक्षामन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा बनेको समितिकाे सिफारिसमा प्रा.डा. भट्टराई सेवा आयोगको सदस्य बनेका हुन् । भट्टराईले बुधबार नै पदबहाली समेत गरिसकेका छन् । 

त्रिवि सेवा आयोगको सदस्य पद गत मंसिरदेखि रिक्त थियो । सिफारिस समितिले १८ चैतमा खुला प्रतिस्पर्धाको लागि आवेदन माग गरेर छनोट तथा सिफारिस गरेको थियो ।

भट्टराई महेन्द्र मोरङ क्याम्पस, विराटनगरको रसायन विज्ञान विभागका विभागीय प्रमुख समेत हुन् । 





  • प्रकाशित मिति : जेठ २, २०८१ बुधबार २१:८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया