logo-img

पाँचथरमा भारी वर्षा, उच्च सतर्क रहन प्रहरीको आग्रह

जिल्ला प्रहरी कार्यालय, पाँचथरले उच्च सतर्क रहन अनुरोध गरेको छ।

प्रहरी कार्यालयका अनुसार मंगलबार पाँचथरमा लगातार भारी वर्षा भएको थियो। जिल्लाको फालेलुङ गाउँपालिकास्थित हेवा खोला ठूलो आवाजसहित बगिरहेको भन्ने जानकारी आएकाले उच्च सतर्क रहन अनुरोध गरिएको हो।

खोला आसपास बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाएर बस्न प्रहरी कार्यालयले अनुरोध गरेको छ।

साथै विपद सम्बन्धी कुनै जानकारी प्राप्त भएमा जिल्ला प्रहरी कार्यालयको सम्पर्क नम्बर १००, ९८५२६६७७००, ९८५२६८४४४५,९८५२६८११२२ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।





  • प्रकाशित मिति : जेठ २, २०८१ बुधबार २२:७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया