logo-img

बागलुङमा जिप दुर्घटना, १६ घाइते

बागलुङमा जिप दुर्घटना भएको छ । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारदेखि अर्नाकोट जाँदै गरेको ग२च २३१४ नम्बरको जिप वडा नम्बर ५ को मस्तीमा साँझ छ बजे भएके दुर्घटनामा हुँदा १६ जना घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार घाइतेको स्थानीय र प्रहरीले उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ । 

घाइतेमध्ये अधिकांश महिला र बालबालिका छन् । दुर्घटनास्थल बुर्तिबाङ बजारदेखि करिब ८ किलोमिटर पश्चिममा पर्छ ।





  • प्रकाशित मिति : जेठ २, २०८१ बुधबार २२:५४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया