९२ रनमै समेटियो मलेसिया, खेल जिते पनि नेपाल विश्वकप पुग्न भने कठिन

काठमाडौं– आइसिसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएको छ । घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया ३३.५ ओभरमा ९२ रनमै अलआउट भयो । 

नेपालका लागि कुशल मल्ल र पवन शर्राफले समान ३ विकेट लिए । कमलसिंह ऐरीले २ र सागर ढकालले १ विकेट लिए । कमलले पहिलो ओभरमै मलेसियाको विकेट गिराएका थिए । पहिलो ओभरको तेस्रो बलमा पहिलो विकेट झर्दा मलेसियाको खातामा एक रन पनि थिएन । 

मलेसियाका लागि इजात डेनियलले ३७ रन जोडे पनि अन्य ब्याट्सम्यानु नेपाली बलरसामु टिक्नै सकेनन् । 

पहिलो खेलमा सिंगापुरलाई २१७ रनले हराएको नेपाल दोस्रो खेलमा भने वर्षाका कारण युएईसँग डक लुइसका आधारमा एक रनले हारेको थियो । 

नेपालको विश्वकप यात्रा भने कठिन मोडमा छ । विश्वकपमा छनोट हुनका लागि नेपालले बाँकी सबै खेल जित्नुपर्छ । त्यतिले मात्र पुग्दैन, युएईले कुनै एक खेल हार्नैपर्छ । अन्य टिम निकै कमजोर देखिएका बेला युएई हार्ने सम्भावना न्यून छ । 





  • प्रकाशित मिति : बैशाख २, २०७६ साेमबार १०:४४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया