युरोपेली देश स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको खतरामुक्त भएको जनाइएको छ । ५६ वर्षीय प्रधानमन्त्री फिकोमाथि बुधबार आक्रमणकारीले पाँच राउण्ड गोली हानेका थिए ।
आक्रमणकारीको उमेर ७१ वर्ष रहेको जनाइएको छ । पाँच राउण्ड गोली हानेकामा एउटा प्रधानमन्त्री रोबर्ट पेटमा लागेको थियो । पेटमा गोली लागेपछि साढे ३ घण्टा लगाएर उनको शल्यक्रिया गरिएको त्यहाँको उपप्रधानमन्त्रीथोमस ताराबालले सञ्चारमाध्यमलाई जानकारी दिए ।
ताराबाले फिकोको शल्यक्रिया गरिएको बताउँदै स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन् । बुधबार ह्यान्डलोवा सहरमा रहेको सांस्कृतिक हलबाहिर प्रधानमन्त्री भाषण दिइरहेका बेला उनीमाथि आक्रमण भएको हो ।
प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ रसोधपुछ जारी राखेको जनाएको छ । स्लोभाकियाकी राष्ट्रपति जुजाना कापुटोभाले आक्रमणको निन्दा गरेकी छन् ।
यस्तै, घटनापछि गृहमन्त्री माटेउज सुताज इस्टोकले आक्रमण राजनीतिकरूपमा प्रेरित भएको टिप्पणी गरेका छन् । राजधानी ब्राटिस्लाभाबाट करिब १८० किलोमिटर टाढा रहेको ह्यान्डलोभा सहरमा आक्रमण भएको हो ।
युरोपेली आयोगका प्रमुखले आक्रमणको निन्दा गरेका छन । फिकोले ३० सेप्टेम्बर २०२३ मा स्लोभाकियामा संसदीय चुनाव जितेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।