logo-img

महाधिवेशनमा साझा दस्तावेज पेस गर्ने नेकपा एस सचिवालय बैठकको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठकले आगामी महाधिवेशनमा साझा दस्तावेज पेस गर्ने निर्णय गरेको छ । 

पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक प्रतिवेदनलाई थप समृद्ध बनाउन केन्द्रीय नेताहरूले सुझावसहित अनुमोदनका लागि सचिवालय पठाउन सिफारिस गरेको केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए ।

पार्टीको अब बस्ने सचिवालय बैठकले चारवटा प्रतिवेदनलाई अनुमोदन गरेपछि त्यसलाई एक मात्र साझा दस्तावेज बनाएर महाधिवेशनमा प्रस्तुत गरिने छ ।

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीले महाधिवेशन तयारी मूल व्यवस्थापन कमिटीलाई तोकिएको जिम्मेवारी निर्धारित समयमै पूरा गर्न निर्देशन पनि दिएको छ ।

गत ३१ वैशाखसम्म प्राप्त सदस्यको नामावलीलाई अनुमोदन गरेको पार्टीले यही १० जेठसम्म नयाँ र पुरानो सङ्गठित सदस्यको विवरण अद्यावधिक गर्न समय तोकेको छ ।

आगामी असार पहिलो साताभित्र महाधिवेशन प्रतिनिधि छनोट गरिने जनाइएको छ ।  





  • प्रकाशित मिति : जेठ ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया