सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले सहकारी ठगी प्रकरणबारे छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गरेको छ ।
एकीकृत समाजवादीको बुधबार सम्पन्न केन्द्रीय समिति बैठकले पारित गरेको समसामयिक प्रस्तावमा सहकारीको रकम अपचलनबारे छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको हो ।
एकीकृत समाजवादीले सहकारीको समग्र समस्या समाधानका लागि छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न पनि माग गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।