logo-img

अब विद्युतीय सवारीसाधनमा जोड दिनुपर्छ : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा विद्युतीय सवारीसाधनले एकदमै राम्रो पिकअप लिएको बताएका छन् । बिहीबार प्रि–बजेटको छलफल कार्यक्रममा उनले विद्युतीय सवारीसाधनले नेपालमा राम्रो प्रमोशन गरेको भन्दै यसप्रति विशेष ध्यान दिनुपर्ने बताए । 

‘भन्सारलगायत विषयहरू छन् त्यसमा सहजीकरण हुन्छ नै भन्ने मलाई लाग्छ । धेरै विषयमा हामी आन्तरिकरूपमा छलफल नै गरिरहेका छौँ । राजस्वको विषयले गर्दा विद्युतीय सवारीसाधनमा जुन हिसाबले प्रमोशन भइरहेको छ, यसमा विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ,’ घिसिङले भने, ‘नेपालमा विद्युतीय सवारी साधनको प्रमोसनका कारण राम्रो पिकअप लिएको छ । नेपालमा ग्रीन इनर्जीलाई यसले सपोर्ट गरेको छ ।’



यस्तै, उनले नेपालमा ऊर्जा क्षेत्रमा सबैभन्दा महत्वपूर्ण भूमिका निजी क्षेत्रको रहेको पनि बताए । ‘हामीले २८ हजार मेगावाट विद्युतको लक्ष्य राखेका छौ । त्यो पुरा गर्नको लागि निजी क्षेत्र नै हो नेपालमा अहिलेको उर्जा क्षेत्रमा सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको छ । तपाईँहरूलाई सहजीकरण गर्न हामी सधैँ तयार छौँ,’ उनले भने । 

अर्बौँ रुपैयाँ वनलाई क्षतिपूर्ति दिएर वन कटानीको सहमति लिनुपर्नेलगायत विभिन्न किसिमका ठाउँमा धेरै लगानी गर्दा खर्च धेरै भएको भन्दै जसरी भए पनि उत्पादन खर्च घटाउनुपर्ने पनि घिसिङको भनाइ छ । 





  • प्रकाशित मिति : जेठ ३, २०८१ बिहीबार १३:८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया