बिहीबार प्रकाशित हुने नयाँ सरकारी प्रस्तावअनुसार इङ्गल्याण्डका विद्यालयमा ९ वर्षभन्दा कम उमेरका बालबालिकालाई यौन शिक्षा र लिङ्ग पहिचान शिक्षामाथि प्रतिबन्ध लगाइने भएको छ ।
यसले प्राथमिक उमेरका स्कुले बालबालिकाका लागि पाठको विषयवस्तुमा चिन्ता दर्साएको शिक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । ‘आफ्ना बालबालिकालाई विद्यालय पठाउँदा उनीहरूलाई सुरक्षित राखिन्छ र बालबालिकाको उमेरका लागि अनुपयुक्त विचलित सामग्रीको सम्पर्कमा आउँदैनन् भन्नेबारे अभिभावकले भरोसा गरेका हुन्छन्,’ कन्जरभेटिभ प्रधानमन्त्री ऋषि सुनकलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले गत वर्ष हाम्रा कक्षाहरूमा यस्तो भएको खबर सुनेर म भयभीत भएको थिएँ ।’
९ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यौन शिक्षामाथि प्रतिबन्धका साथै लिङ्ग पहिचानको विवादित सिद्धान्त पनि नपढाइने मन्त्रालयले बताएको छ ।
गत महिना लैङ्गिक पहिचानका मुद्दासँग जुधिरहेका युवालाई नारी बनाउने हर्मोन उपचार सिफारिस गर्नमा ‘अत्यन्त सावधानी’ उपाय चाल्न आग्रह गर्ने गत महिना भएको ऐतिहासिक समीक्षापछि यस्तो कदम चालिएको हो ।
नयाँ प्रस्तावमा आत्महत्या रोकथाममा थप सामग्री र अनलाइन आत्मक्षतिलाई बढाउने सामग्री हेर्ने जोखिम पनि समावेश हुनेछ । प्रस्ताव ९ साताको परामर्शको अधीनमा हुनेछ र अन्तिम रूप दिइएपछि वैधानिक हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।