logo-img

दुई सहसचिव सचिवमा बढुवा, अरू के गर्‍यो मन्त्रिपरिषद्ले निर्णय ?

सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लोकनाथ पौड्याल र राजेन्द्र प्रसाद मिश्रलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन । 

‘नेपाल प्रशासन सेवा अन्तरगत राजपत्राङ्कित विशेष श्रेणीको पदमा लोकनाथ पौडयललाई बढुवा गर्ने निर्णय भएको छ । नेपाल कृषि वन सेवा समूह अन्तरगतको राजपत्राङ्कित विशेष श्रेणीको पदमा राजेन्द्र प्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय भएको छ,’ उनले भनिन ।

यस्तै, उनले प्राध्यापक डा.लेखनाथ शर्मा र सङ्गीता खड्का काफ्लेलाई दुई निकायको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय भएको बताइन् । उनले भनिन्, ‘नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्षमा प्राध्यापक डा.लेखनाथ शर्मालाई नियुक्ति गर्ने, न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा सङ्गीता खड्का काफ्लेलाई नियुक्ति गर्ने निर्णय भएको छ ।’

यसको साथै, अर्थ मन्त्रालयको तर्फबाट जलवायु परिवर्तन अनुकूलन कार्यक्रम कार्यान्वयनको लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि भएको छ । 





  • प्रकाशित मिति : जेठ ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया