प्रा. डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् । उनले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पत्रकार सम्मेलन गरी अनशन स्थगित भएको जानकारी गराएका हुन् ।
डा. केसीले ६ दिनदेखि आमरण अनशनमा थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा सहितका चारबुँदे माग राखेर डा. केसीले २९ वैशाखमा अनशन थालेका थिए ।
द्वन्द्वपीडित भानुप्रताप शाह लगायतले जुस खुवाएर डा. केसीको अनशन तोडाएका हुन् । पशुपति मृगस्थलीमा अनशनरत केसीको स्वास्थ्यमा समस्या आएपछि बुधबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । आज अस्पतालमा नै पत्रकार सम्मेलन गरी अनशन तोडेको घोषणा गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।