३० कात्तिक, २०८२ आइतबार
Nov. 16, 2025

संसदमा झण्डै हात हालाहाल : धनराज तात्तिए, ओली आत्तिए

प्रतिनिधिसभा बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच झण्डै हात हालाहाल भएको छ ।


नेपाली कांग्रेसको नाराबाजीका बीच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएका दुई पत्र पढेर सुनाए । लगत्तै उनले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवादले उग्र रुप लियो । 



नाराबाजी गरिरहेका कांग्रेस उपसभापति धनराज गुरुङलाई एमाले अध्यक्ष केपी ओलीले अवरोध गरेपछि गुरुङ झन् तात्तिए । ओलीपट्टि औँला ठड्याउँदै उनी झन् उग्र नारा लगाउन थाले । 

आफ्ना अध्यक्षमाथि धनराज जाइलागेपछि एमाले सांसद ठाकुर गैरे र महेश बर्ताैला आएर धनराजमाथि खनिए । गुरुङ र गैरेबीच झण्डै हात हालाहालको स्थिति उत्पन्न भयो । लगत्तै कांग्रेस प्रवक्ता प्रकाशशरण महत बीचमा आएर दुवै पक्षलाई छुट्याए ।
   
तनाव बढ्ने स्थिति देखिएपछि सभामुखले गृहमन्त्रीलाई दिएको समय फिर्ता लिँदै पुनः उनलाई आसन ग्रहण गर्न लगाएर संसद बैठक स्थगित गरे । 



सभामुखले शुक्रबार ११ बजे पुनः बैठक बस्ने गरी आजको संसद बैठक स्थगित गरेका हुन् । 

 



 

  • प्रकाशित मिति : ३ जेठ, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया