logo-img

प्रतिनिधिसभाको बैठक बस्दै, आज चल्छ होला छलफल ?
फाइल तस्बिर

आज प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजे बोलाइएको छ । यसअघि बिहीबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो । 

बिहीबार बैठक प्रारम्भ हुना साथ कांग्रेसका सांसदहरूले रोष्टम घेराउ गर्दै विरोध जनाएका थिए । पछि सभामुख देवराज घिमिरेले बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिएपछि कांग्रेस र एमालेका सांसदहरूबीच धकेलाधकेलसमेत भएको थियो ।



कांग्रेसले सहकारीको ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिएको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । सत्ता साझेदार दलहरू भने कांग्रेसको यो मागसँग सहमत छैनन् । जस कारण पछिल्लो समय निरन्तर संसद बैठक अवरोध हुँदै आएको छ ।  





  • प्रकाशित मिति : जेठ ४, २०८१ शुक्रबार ६:५६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया