logo-img

कांग्रेसले बोलायो संसदीय दलको बैठक
फाइल फाेटाे

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधि सभाको बैठक बस्नु अघि रणनीति तय गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठक आज बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बस्ने तय भएको छ । 

बिहीबार बैठक प्रारम्भ हुना साथ कांग्रेसका सांसदहरूले रोष्टम घेराउ गर्दै विरोध जनाएका थिए । पछि सभामुख देवराज घिमिरेले बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिएपछि कांग्रेस र एमालेका सांसदहरूबीच धकेलाधकेलसमेत भएको थियो ।

कांग्रेसले सहकारीको ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिएको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । सत्ता साझेदार दलहरू भने कांग्रेसको यो मागसँग सहमत छैनन् । जस कारण पछिल्लो समय निरन्तर संसद बैठक अवरोध हुँदै आएको छ ।   





  • प्रकाशित मिति : जेठ ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया