ग्राहकसँग 'क्यारी ब्याग'को ३ रुपैयाँ माग्ने कम्पनीलाई ९ हजार जरिवाना !

नयाँदिल्ली– भारतको उपभोक्ता मञ्चले फुटवेयर कम्पनी बाटा इन्डिया लिमिटेडमाथि सेवामा कमीका लागि ९ हजार भारु जरिवाना लगाएको छ । 

खासमा, चन्डीगढको एक बाटा सोरुमले ग्राहकसँग सामान राखेर लैजाने ‘पेपर ब्याग’को लागि छुट्टै ३ भारतीय रुपैयाँ मागेको थियो । यसबारे ग्राहकले उपभोक्ता मञ्चमा उजुरी गरेका थिए । 

भारतीय मिडियामा आएका रिपोर्टअनुसार, उजुरीकर्ताको तर्क थियो कि बाटाले ब्यागमाथि शुल्क लगाएर ब्यागलाई पनि ब्रान्डको नाममा बेच्ने कोसिस गर्यो, जुन बिल्कुल जायज थिएन । 

उजुरीकर्ताले यस मामलामा कम्पनीले सेवामा कमी गरेको भन्दै ३ रुपैयाँको ‘रिफन्ड’ मागेका थिए । बचाउमा बाटाले आफ्नो तर्फबाट सेवामा कुनै कमी नरहेको दाबी गर्यो ।

उपभोक्ता मञ्चले आफ्नो सामान खरिदकर्तालाई झोलाको प्रबन्ध गर्नु कम्पनीको जिम्मेवारी हुने भन्दै सबै ग्राहकलाई पेपर ब्याग सित्तैमा दिन बाटालाई निर्देशन दिएको छ । फैसलामा यो पनि भनिएको छ कि यदि कम्पनीलाई वातावरणको चिन्ता छ भने ऊ वातावरणअनुकूल पदार्थले बनेको ब्याग उपभोक्तालाई सित्तैमा उपलब्ध गराओस् । 

मञ्चको फैसलामा ती ग्राहकलाई उनको ३ रुपैयाँसँगै मुद्दामा लागेको १ हजार भारु भुक्तान गर्न निर्देशन दिइएको छ । यसका अतिरिक्त ब्याग नदिएर ग्राहकलाई मानसिक यातना दिएकोमा क्षतिपूर्तिस्वरुप ३ हजार भारु झक्तान गर्न आदेश भएको छ । मञ्चले राज्य उपभोक्ता विवाद निवारण आयोगको ‘लिगल एड एकाउन्ट’मा ५ हजार भारु जम्मा गराउनसमेत आदेश दिएको छ । 





  • प्रकाशित मिति : बैशाख २, २०७६ साेमबार १४:१४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया