logo-img

सनराइजर्स हैदरावाद प्ले अफमा

इन्डियन प्रिमियर लिग आइपीएलमा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीचको खेल रद्द भएको छ । हैदरावादमा बिहिबार साँझदेखि रातिसम्मै पानी परेपछि दुवै टिमले एक –एक अंक लिएर खेल रद्द भएको हो । खेल रद्द भएपछि हैदरावाद प्लेअफमा पुग्ने तेस्रो टिम बनेको छ ।

अब टोलीले मे १९ मा हुने खेलमा पञ्जाबलाई हराएर १७ अंक मात्र पुर्याउन सक्छ । अर्कोतर्फ, गुजरातको लगातार दोस्रो खेल वर्षाका कारण रद्द भएको छ । गुजरातले १४ खेलपछि १२ अंक मात्र जोड्न सकेको छ । यसअघि कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सले प्लेअफमा स्थान पक्का गरेका थिए ।



आइपीएलमा आज मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्स भिड्ने छन् । यो खेल राति पौने ८ बजे सुरुहुने छ । मुम्बई पुछारमा रहँदै यो सिजन बाहिरिसकेको छ भने लखनऊ १२ अंकका साथ तालिकाको सातौं स्थानमा रहे पनि प्लेअफको एकदमै झिनो आशामा बाँकी रहेको छ । 





  • प्रकाशित मिति : जेठ ४, २०८१ शुक्रबार ७:५३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया