भारतमा हुन गइरहेको लोकसभा निर्वाचनका कारण जनकपुर–जयनगर रेल सेवा भोलि शनिबारदेखि तीन दिन बन्द हुने छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले भोलिदेखि जेठ ७ गते (सोमबार) सम्म रेल सेवा पूर्णरूपमा बन्द रहने जानकारी दिएका छन् ।
भारतको बिहार राज्यको मधुबनी जिल्लाको संसदीय क्षेत्रमा यही जेठ ७ गते हुने लोकसभा निर्वाचन हुँदै छ । सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै सीमा जिल्ला समन्वय समितिले निर्णय गरेअनुसार ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा पूर्णरूपमा बन्द गरिन लागिएको झाले बताए ।
सेवा बन्द रहनेबारे सूचनामा भनिएको छ, ‘यही जेठ ०५ गते शनिवार देखि ०७ गते सोमबार सम्म ३ (तीन) दिनको लागि भंगहा-जनकपुर-जयनगर खण्डमा संचालित रेल्वे सेवा पूर्ण रूपमा बन्द रहने ब्यहोरा सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ । ०८ गते मंगलबार देखि उक्त खण्डमा साबिक बमोजिम नै नियमित रूपमा रेल सेवा सञ्चालनमा आउने ब्यहोरा समेत सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।