विवेकशील साझाको प्रदर्शन : बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान्, होसियार !

काठमाडौं– प्रधानमन्त्री निवासको जग्गा बिक्री गरिएको विरोधमा रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले बालुवाटारमा प्रदर्शन गरेको छ । विवेकशील साझा पार्टीले सोमबार बिहान १ घन्टा बालुवाटारमा प्रदर्शन गरेको हो ।

प्रधानमन्त्रीनिवास जसरी नै कुनै पनि सरकारी जग्गा अपचलन नहोस् भनेर सरकारलाई सचेत गराउन प्रधानमन्त्री निवासअगाडि नै विरोध प्रदर्शन गरेको एक नेताले जानकारी दिए । भ्रष्टाचारी र बिचौलियाको फन्दामा नपर्न सो पार्टीले सरकारलाई दबाब दिएको छ । 

केही दिनअघि प्रधानमन्त्री निवासको जग्गा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले किनेको तथ्य बाहिर आएपछि सर्वत्र आलोचना हुँदै आएको छ । सोही क्रममा विवेकशील साझा पार्टीले सडक प्रदर्शन गरेको हो ।

‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान्, होसियार’, ‘चर्को स्वरमा बोलौँ, भ्रष्टाचारको पोल खोलौँ’, ‘नेताहरुको सम्पत्ति छानविन गर’, ‘ठूलो माछा कता छ ? सिंहदरबार जता छ’लगायत नारा लेखिएको प्ले कार्ड बोकेर विवेकशीलका नेता–कार्यकर्ताले प्रर्दशन गरेका थिए ।





  • प्रकाशित मिति : बैशाख २, २०७६ साेमबार १४:२६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया