सरकारको वार्षिक समीक्षा गर्दै कांग्रेस

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ०७५ सालभरि सरकारले गरेको कामको समीक्षा गर्ने भएको छ । यस सम्बन्धमा पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ः१५ बजे पत्रकार सम्मेलन गर्न लागिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले एक वर्षमा गरेका कामको फेहरिस्तलाई कांग्रेसले समीक्षा गर्ने शर्माले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले आफूले एक वर्ष गरेका कामको फेहरिस्त सुनाउनुभएको छ । कांग्रेसले पनि सरकारको एक वर्षको कामबारे आफ्नो धारणा सार्वजनिक गर्छ ।’ 

नेपाली कांग्रेसले २०७६ साललाई राष्ट्रिय जागरण अभियानको वर्षका रूपमा अगाडि बढाउने बताउँदै शर्माले यस विषयमा थप जानकारी पत्रकार सम्मेलनमा दिइने बताए ।  





  • प्रकाशित मिति : बैशाख २, २०७६ साेमबार १४:५९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया