जहाज दुर्घटनाकाे अनुसन्धान गर्न छानबिन समिति गठन

काठमाडौं– सोलुखुम्बुको लुक्ला विमानस्थलमा आइतबार बिहान भएकाे जहाज दुर्घटनाकाे अनुसन्धान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानबिन समिति गठन गरेकाे छ । 

छानबिन समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डङ्गोल सदस्य र समिति सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेकाे मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा लेखिएकाे छ । 

लुक्ला विमानस्थलमा आइतबार बिहान करिब साढे ९ बजे पर्यटक छाेडेर काठमाडाैं फर्किने क्रममा धावनमार्गमा चिप्लिएर समिट एयरको ‘नाइन एन एएमएच’ कलसाइन विमान राेकिराखेकाे मनाङ एयरसँग ठाेक्किएर दुर्घटना भएकाे थियाे ।

दुर्घटनामा समिट एयरका काेपाइलट सुदीप ढुंगाना, प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठकाे मृत्यु भएकाे थियाे । 

दुर्घटनाबाट घाइते भएका समिट एयरका पाइलट रवीन्द्र बहादुर रोकाया र हेलिकप्टरका पाइलट चेतबहादुर गुरुङ उपचारपछि घर फर्किएका छन् भने मनाङ एयरका लाक्पा शेर्पाको उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : बैशाख २, २०७६ साेमबार १५:१४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया