logo-img

प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै बैठकले वर्तमान मन्त्रिपरिषद्का सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको सरकारी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 

उनले भनिन्, ‘बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान मन्त्रिपरिषद्का सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने भन्ने पनि निर्णय गरेको छ ।’

उनले राजेन्द्रप्रसाद मिश्रलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पशुपन्छी सचिवमा पदस्थापन गर्ने निर्णय भएको जानकारी दिइन् । त्यस्तै बैठकले न्यूनतम् पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्ति गर्ने पनि निर्णय गरेको छ । 





  • प्रकाशित मिति : जेठ ४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया