भारतमा जारी १७औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले घरेलु टिम मुम्बई इण्डियन्सलाई २ सय १५ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १४ रन बनायो ।
उसका लागि निकोलस पूरन र कप्तान केएल राहुलले अर्धशतकीय पारी खेले । २९ बलको सामना गरेका पूरनले ८ छक्का र ५ चौकासहित सर्वाधिक ७५ रन बनाए ।
यस्तै, राहुलले ४१ बलमा तीन छक्का र तीन चौकाको मद्दतमा ५५ रनको इनिङ खेले । त्यस्तै, मार्कस स्टोइनिसले २८, आयुष बडोनीले अविजित २२, कृणाल पाण्ड्याले १२ र दीपक हूडाले ११ रन जोडे ।
मुम्बईका लागि पियुष चावला र नुवान तुषाराले तीन/तीन विकेट लिए । मुम्बई र लखनउ जारी सिजनको प्लेअफ दौडबाट बाहिरिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।