लाइसेन्स फेललाई विभूषित गरिएको भन्दै सरकारको आलोचना

काठमाडौं– सरकारले लाइसेन्स फेल चिकित्सकलाई विभूषित गरेको भन्दै सर्वत्र आलोचना भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार एक समारोहबीच राष्ट्रलाई विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यक्तिहरूलाई विभिन्न विभूषणले सुशोभित गरिन् । तीमध्येमा नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुत्तीर्ण व्यक्ति पनि चिकित्सकको रुपमा विभूषित भएको भनदै सरकारको आलोचना भएको हो ।  

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत धादिङको निलकण्ठ नगरपालिकामा कार्यरत राम थापा क्षेत्री प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकबाट विभूषित भएका हुन् । मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा उत्तीर्ण नगरी डा. लेख्ने अधिकार हुँदैन । तर, क्षेत्रीलाई राष्ट्रिय पुननिर्माण प्राधिकरणको सिफारिसमा पदक दिइएको गृह मन्त्रालय स्रोतको भनाइ  छ। 

थापाले बंगलादेशबाट एमबिबिएस गरेका थापा मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटक–पटक अनुत्तीर्ण भएका व्यक्ति हुन् । नेपाल मेडिकल काउन्सिलका अनुसार क्षेत्रीको नाम चिकित्सकका रूपमा काउन्सिलमा दर्ता भएको छैन । काउन्सिलको रेकर्डमा थापाले दुई वर्षदेखि दिँदै परीक्षा दिएको, तर उत्तीर्ण नभएको देखिएको छ । 

विभूषणबाट सुशोभित क्षेत्रीले पनि आफू मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा अनुतीर्ण भएको स्वीकार गरेका छन् ।  बंगलादेशबाट आफूले चिकित्सकको प्रमाणपत्र पाएको दाबी गर्दै क्षत्रीले युवा अवस्थामै पदक पाउनु राष्ट्रको लागि पनि गर्वको विषय भएको बताए ।  

राष्ट्रपतिले आइतबार क्षेत्रीसहित ३ सय ४३ जनालाई विभिन्न मानपदवी प्रदान गरेकी थिइन् । तीमध्ये एकजनाले नेपालरत्न, ४ जनाले महाउज्ज्वल राष्ट्रदीप, १ जनाले सुप्रसिद्ध जनसेवा श्री, ३ जनाले उज्ज्वल कीर्तिमान राष्ट्रदीप, ३ जनाले सुकीर्तिमय राष्ट्रदीप, ९६ जनाले सुप्रवल जनसेवा, एकजनाले कीर्तिमय राष्ट्रदीप, एक सय ६१ जनाले प्रवल जनसेवा श्री, ७४ जनाले जनसेवा मानपदवी पाएका थिए । त्यसैगरी, ८७ जनालाई अलंकार र ८७ जनालाई पदक प्रदान गरिएको थियो ।





  • प्रकाशित मिति : बैशाख २, २०७६ साेमबार १५:३८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया