logo-img

अफगानिस्तानको बामियान प्रान्तमा गोली हानी चार जनाको हत्या

अफगानिस्तानको बामियान प्रान्तमा गोलीबारी हुँदा ४ जनाको मृत्यु भएको छ । शुक्रबार भएको गोलीबारीबाट तीन जना विदेशी र एक जना अफगान नागरिकको मृत्यु भएको हो । 

त्यहाँको आन्तरिक मन्त्रालयका प्रवक्ता मुफ्ती अब्दुल मतिन कानीले मध्य अफगानिस्तानको बामियान प्रान्तमा शुक्रबार भएको आक्रमणमा तीन विदेशी र एक अफगान नागरिकसहित चार जनाको मृत्यु भएको पुष्टि गरे ।

 उनले भने, ‘गोलीबारीमा चार विदेशी र तीन अफगानी घाइते भएका छन् ।’ 

चार संदिग्धलाई पक्राउ गरिएको अधिकारीले बताए । उनले विदेशी नागरिकको राष्ट्रियता भने खुलाएनन् । स्पेनको विदेश मन्त्रालयले एक विज्ञप्तिमा उक्त हमलामा तीन जना स्पेनी नागरिक मारिएको र कम्तीमा एक जना घाइते भएको बताएको छ ।

प्रमुख पर्यटकीय क्षेत्र बामियान प्रान्तमा भएको घटनामा चार संदिग्धलाई घटनास्थलबाटै पक्राउ गरिएको र अनुसन्धान जारी रहेको अब्दुल मतिन कानीले  जानकारी दिए । बेलुका भएको आक्रमणको कसैले जिम्मेवारी लिएको छैन । 





  • प्रकाशित मिति : जेठ ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया