Mon, 22 Apr, 2019


राष्ट्रिय खेलकुदका लागि बनाइएको स्वागत गेट भत्किँदा एकजना गम्भीर घाइते
फरकधार / बैशाख २, २०७६

बर्दिया– पाचौँ राष्ट्रिय खेलकुदका लागि बर्दियामा बनाइएको स्वागत गेट भत्किएको छ ।

बर्दिया बाँसगढी लखनामा निर्माण गरिएको उक्त गेट भत्किँदा एकजना गम्भीर घाइते भएको स्थानीय सन्तोष आचार्यले बताएका छन् । 

कमजोर गेट बनाएको भन्दै आक्रोशित स्थानीयले अहिले राजमार्ग ठप्प पारेका छन् । अहिले स्थिति तनावपूर्ण रहेको आचार्यले बताए । 



यो पनि नछुटाउनुहोस्