प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । आइतबार ओलीले विपक्षी दलतर्फ संकेत गर्दै ‘नन्दी–भृंगी भेला भएर आन्दोलन गर्छौं भनेछन्’ भनेका थिए । 

कांग्रस पार्टी कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको बताउँदै घोर भत्र्सना गरे । प्रधानमन्त्रीले निर्देशन दिँदा पनि सत्तारुढ दलको कार्यकर्ता अरिंगाल नबनेको भन्दै निधिले धन्यवाद दिए । कार्यकर्ताले अरिंगाल बन्न नमानेपछि प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साएको निधिको आरोप थियो । 

त्यसैगरी, प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीलाई जिम्मेवार भएर देशको नेतृत्व गर्न आग्रह गर्दै भने, ‘अघिल्लो वर्ष जे–जस्तो भए पनि नयाँ वर्षमा जिम्मेवार अभिव्यक्ति, जिम्मेवार व्यवहार गर्नुस् ।’





  • प्रकाशित मिति : बैशाख २, २०७६ साेमबार १६:१८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया