१५ सय कर्मचारीलाई कारबाही सिफारिस

काठमाडौं– चालू आर्थिक वर्षमा राष्ट्रिय सतर्कता केन्द्रले एक हजार पाँच सय ३४ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ । 

केन्द्रले ३२ जिल्लाका ५१९ कार्यालयमा छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा समय पालना नगर्ने एक हजार १३५ र तोकिएको पोसाक नलगाउने ३९९ कर्मचारी रहेको पाइएको थियो ।     
     
निजामती सेवा ऐन, २०४९ को दफा ५२ अनुसार ती कर्मचारीलाई सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको अभिलेख कार्यालमा राखिने भएको छ । दुई पटकसम्म चेतावनी परिसकेका कर्मचारीलाई विभागीय कारबाही गर्ने व्यवस्था रहेको छ ।     
     
सिफारिस गरिएकामध्ये ७९९ कर्मचारीलाई कारबाही गरिएको जानकारी प्राप्त भएको सतर्कता केन्द्रले जनाएको छ । 





  • प्रकाशित मिति : बैशाख २, २०७६ साेमबार १७:५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया