logo-img

एमाले बाजुराको अध्यक्षमा ओली निर्वाचित

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि भएको मतदान ओलीले २ सय १८ मत प्राप्त गर्दा प्रत्यासी भरतबहादुर थापाले २ सय ३ मत पाए ।  

यस्तै, उपाध्यक्षमा निर्वाचित जनककुमार बोहराले २ सय ७४ मत प्राप्त गर्दा प्रत्यासी मेघराज शाहीले १ सय २० मत ल्याए । सचिवमा विजयी काशीबहादुर विकले २ सय ४१ पाउँदा प्रत्यासी जनक विष्टले १ सय ७१ मत पाए । 



साथै उपसचिव (खुला) मा विजयी हरिबहादुर रोकायाले २ सय ७७ प्राप्त गर्दा प्रत्यासी मानबहादुर रोकायाले १ सय १५ मत तथा उपसचिव (महिला) मा विजयी राजकला सार्कीले २ सय ७७ मत पाउँदा प्रत्यासी कल्पना महतले १ सय २६ मत प्राप्त गरेका प्रमुख निर्वाचन अधिकृत तुलाबहादुर थापाले जानकारी दिए । 

यही  १ जेठबाट सुरु भएको आठौँ अधिवेशनमा ४ सय ३९ जना प्रतिनिधि थिए, जसमा ४ सय २५ मत खसेको थियो । पदाधिकारीको मतगणना सकिएपछि जिल्ला कमिटी सदस्यको मतगणना सुरु गरिएको निर्वाचन कमिटीले जनाएको छ । 





  • प्रकाशित मिति : जेठ ७, २०८१ साेमबार ८:३६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया