logo-img

भारतमा लोकसभा निर्वाचन : पाँचौं चरणको मतदान जारी

भारतमा आज पाँचौँ चरणको मतदान भइरहेको छ । मतदान स्थानीय समयअनुसार बिहान ७ बजेबाट सुरु भएर साँझ ६ बजेसम्म जारी रहने भारतीय निर्वाचन आयोगले जनाएको छ । 

लोकसभा निर्वाचनअन्तर्गत आज ६ राज्य र २ केन्द्रशासित प्रदेशमा लोकसभाका ४९ सिटमा मतदान सुरु भएको हो । महाराष्ट्रका १३, उत्तर प्रदेशका १४, पश्चिम बंगालका ७, बिहार र ओडिसाका पाँच–पाँच, झारखण्डका ३, जम्मु कश्मिर र लद्दाखमा एक/एक सिटका लागि मतदान हुन भइरहेको छ । 

आज हुने मतदानले भारतका सत्तापक्ष र प्रतिपक्षका लामो समयदेखि राजनीतिमा होमिएका चर्चित सांसद र मन्त्रीको आगामी राजनीतिक यात्रा तय गर्ने भएकाले पनि कतिपय स्थानको मतदानलाई महत्वका साथ हेरिएको छ । 

रक्षामन्त्री राजनाथ सिंह, बीजेपी नेता तथा केन्द्रीय मन्त्री स्मृति इरानी, कांग्रेस नेता राहुल गान्धी, केन्द्रीय मन्त्री पीयूष गोयल, बिहारका पूर्वमुख्यमन्त्री लालु यादवकी छोरी रोहिनी आचार्यलगायतको हार जितको फैसला गर्ने छ । 

भारतामा गत १९ अप्रिलदेखि सुरु भएको निर्वाचन प्रकृयामा मतदानको चौथो चरण पूरा भई पाँचौ चरणमा आइपुगेको छ । मतदान अन्तरगत छैटौं चरणको निर्वाचन २५ मे २५ र अन्तिम चरणको मतदान १ जुनमा गर्ने त्यहाँको निर्वाचन आयोगले जनाएको छ । त्यसपछि ४ जुनबाट मतगणना सुरु हुनेछ । 





  • प्रकाशित मिति : जेठ ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया