धोनी र जाधवले एउटै प्लेटमा खाना खाए, सामाजिक सन्जालमा भाइरल

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल)मा अहिले सबैभन्दा बढी चर्चामा आएका छन्, चेन्नई सुपरकिंग्सका कप्तान महेन्द्र सिंह धोनी । यस्तो किन पनि भने यसपटक यो टिमले आइपिएलमा निकै राम्रो प्रदर्शन गरिरहेको छ । झन्, धोनीको निर्णय क्षमता र कप्तानको शैली देखेर धेरैले प्रशंसा गरेका छन् । 

यसअघि चेन्नईको खेल कोलकातासँग थियो । त्यो खेलमा चेन्नईले ५ विकेटको जित हासिल गर्यो । इडन गार्डेन्समा भएको यो खेलमा चेन्नईले १६२ रन बनाएर जित दर्ज गरेको थियो । खेल सकिएपछि चेन्नईका खेलाडीले ड्रेसिङ रुममा रमाइलो गरेको भिडियो विभिन्न भारतीय मिडियाले निकै प्राथमिकता दिएर लेखेका छन् । त्यहीबीच एउटा भिडियो अहिले भाइरल भइरहेको छ । भिडियोमा चेन्नईका कप्तान महेन्द्र सिंह धोनी र केदार जाधव सँगै देखिएका छन् । उनीहरुले एउटै प्लेटबाट खाना खाइरहेका छन् । 

झन्, जाधवले आफ्नै हातले धोनीलाई खाना खुवाइरहेका छन् । त्यसैले पनि यी दुईको मित्रतालाई लिएर भारतीय सामाजिक सन्जाल प्रयोगकर्ताले निकै प्रशंसा गरिरहेका छन् । 





  • प्रकाशित मिति : बैशाख २, २०७६ साेमबार २३:५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया