गायक भीम चापागाईंको ‘खेतैभरी आलु’ बोलको गीत सार्वजनिक भएको छ । लक्षु प्रकाश मल्लको शब्द,संगीत र संगीत संयोजनमा तयार भएको गीतमा गायिका शान्ती श्री परियारले स्वर दिएकी छन् ।
गीतलाई एचबीएन किस्मतले मिक्सिङ ,मनोज डंगोलले रेकर्डिङ गरेका हुन् । अशोक बिकको निर्देशन, नवराज उप्रेतीले छायांकन, पदम सुवेदीले सम्पादन गरेको भिडियोलाई मिलन विश्वकर्माले कलर गरेका छन् ।
अर्जुन सापकोटा र उषा उप्रेतीको अभिनय रहेको भिडियोमा ध्रुव पुनको कथा रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।