[भर्खरै] पेरिसकाे गिर्जाघरमा भिषण आगलागी

एजेन्सी– पेरिसकाे नाेट्रेडेम गिर्जाघरमा भिषण आगलागी भएकाे छ । फ्रेन्च प्रहरीलाई उद्धृत गर्दै बिबिसीमा लेखिएअनुसार त्यहाँ मर्मतकाे काम चल्दाचल्दै आगलागी भएकाे हाे  । तर, यसकाे खास कारण अझै खुल्न सकेकाे छैन । 

८ सय ५० वर्षभन्दा पुरानाे याे क्याथाेलिक भवनमा आगलागी भएकाे तस्वीरहरु अहिले सामाजिक सन्जालमा आइरहेका छन् ।

 

गत वर्षमात्रै याे भवनकाे मर्मत गर्न फ्रान्समा आपत्‌कालीन रुपमा काेष खडा गरेर सहयाेग आह्वान गरिएकाे थियाे । स्थानीय समयअनुसार साेमबार साँझ सुरु भएकाे आगलागीलाई नियन्त्रणमा लिन प्रयास भइरहेकाे छ ।





  • प्रकाशित मिति : बैशाख २, २०७६ साेमबार २३:२३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया