logo-img

सेयर बजारमा दोहोरो अंककाे वृद्धि

मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । लगातार तेस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको हाे । सेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९४ अंकले बढेर दुई हजार एक सय १५ दशमलव ९४ विन्दुमा पुगेको छ ।

आज विकास बैंक र व्यापार बाहेक सबै समूहको सेयर बढेकोमा फाइनान्स, माइक्रोफाइनान्स, हाइड्रोपावर समूहको सेयर उच्च अंकले उकालो लागेको छ ।

आज जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त र सामुदायिक लघुवित्त कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन साइन रेसुंगा विकास बैंकको सेयर भने चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

दोहोरो अंकले बजार बढेको दिन तीन सय १७ वटा कम्पनीका एक करोड ३२ लाख कित्ता सेयर पाँच अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै पोखरा फाइनान्स कम्पनीको २४ करोड रुपैयाँ बराबरको सेयर खरिद/बिक्री भयो ।





  • प्रकाशित मिति : जेठ ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया