logo-img

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै, के हुँदै छ छलफल ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक आज बिहान ११ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको रणनीतिबारे छलफल गर्न केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएका हुन् । बैठक बुधबार दिउँसो ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ । 



सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद् अवरुद्ध पार्दै आएको कांग्रेसले सत्ता पक्षले छानबिन समिति गठन गर्न समेत नमानेको भन्दै अब त्यो विषयलाई जनस्तरसम्म पुर्याउने निर्णय गरेको हो ।

आज बस्ने संयुक्त बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन समिति गठनको विषयले निम्तिएका राजनीतिक घटनाक्रमको समीक्षा गर्ने सहमहामन्त्री जीवन परियारले जानकारी दिए । 

‘हामीले देशको गृहमन्त्रीमाथि नै ठगीको आरोप लाग्यो, त्यसको छानबिन गरौँ भनेका हौँ । तर आरोपित व्यक्ति उल्टै सौदाबाजी र पूर्वाग्रहमा उत्रिएको देखिएको छ,’ सहमहामन्त्री परियारले भने, ‘उहाँले संसद्बाट कांग्रेस नेताहरुलाई लगाएका आरोप उहाँले पुष्टि नगरे उहाँ पनि कारबाहीको भागेदार हुनुपर्छ ।’

नेताहरूले कांग्रेसले यो विषयलाई जनस्तरसम्म पुर्याउने र सडक प्रदर्शनका कार्यक्रम गर्ने चेतावनी समेत दिएको छ ।



कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका गृहमन्त्री लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ । 



  • प्रकाशित मिति : जेठ ९, २०८१ बुधबार ७:६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया