logo-img

फिलिपिन्समा दैनिक ५५ नयाँ एचआईभी संक्रमित फेला

फिलिपिन्समा दैनिक कम्तीमा ५५ नयाँ ह्युमन इम्युनोडेफिशियन्सी भाइरस (एचआईभी) पोजिटिभ केसहरू फेला परेका छन् । यो विश्वमा सबैभन्दा उच्च भएको फिलिपिन्सका स्वास्थ्य सचिव टियोडोरो हर्बोसाले बताए ।

हर्बोसाले किशोरकिशोरीमा केस बढी रहेको उल्लेख गर्दै सबैभन्दा कान्छो सङ्क्रमित १५ वर्षका रहेको जानकारी दिए । ‘हामीसँग लगभग ५९ हजार मानिस एचआईभीसँग बाँचिरहेका छन् ।

करिब एक लाख ३० हजार अवस्थित केसहरू अनुमान गरिएको छ । यो अझै पनि एक करोड १० लाख जनसङ्ख्या भएको यो मुलुकका लागि लागि कम हो तर नयाँ मामिलामा योभन्दा धेरै छ, एक दिनमा ५५ नयाँ मामिला, हामी विश्वमा सबैभन्दा माथि छौँ’, उनले भने । 

उनले सक्रिय युवालाई सङ्क्रमण पत्ता लगाउन परीक्षण गर्नुपर्ने आवश्यकतामा जोड दिए । विशेषगरी प्रयोगशील र जिज्ञासु किशोरकिशोरीबीच अझ राम्रो र प्रभावकारी सूचना अभियानका लागि स्वास्थ्य विभाग (डिओएच) सँग समन्वय गरिरहेको उनले जानकारी दिए ।

डिओएचको तथ्याङ्कअनुसार सन् २०२१ देखि मासिकरूपमा रिपोर्ट गरिएका नयाँ एचआईभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । सन् २०२१ मा रिपोर्ट गरिएको औसत एक हजार २७ मासिक केसबाट बढेर सन् २०२२ मा १ हजार २ सय ४५ मासिक केसमा पुगेको छ । 

सन् २०२३ को चौथो त्रैमासिकसम्म प्रतिमहिना नयाँ रिपोर्ट गरिएका केसहरूको औसत सङ्ख्या थप बढेर एक हजार चार सय ३८ पुगेको छ । 





  • प्रकाशित मिति : जेठ ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया