प्रिमियर लिग : वाटफोर्डलाई १–० ले हराउँदै चाैथाेमा उक्लियाे आर्सनल

लन्डन– इंग्लिस प्रिमियर लिगअन्तर्गत आज रातिको खेलमा आर्सनलले वाटफोर्डलाई १–० ले हराएको छ । वाटफोर्डलाई उसकै मैदानमा हराउने क्रममा आर्सनलका इमेरिक अबुमेयाङले खेल सुरु भएको १० मिनेटमै गोल गरे । 

१–० ले पछि परेको वाटफोर्डका ट्रोय डेनी गोल खाएको एक मिनेटपछि नै रेड कार्ड खाँदै बाहिरिएपछि टिम थप दबाबमा पर्यो । यद्यपि, उसले आर्सनललाई थप गोल हान्न भने दिएन । 

जितपछि आर्सनल लिगको चौथो स्थानमा उक्लिएको छ । ३३ खेलबाट आर्सनलको ६६ अंक बटुलेको छ । समान अंक भएको चेल्सी भने पाँचौँ स्थानमा झरेको छ । पराजित वाटफोर्ड भने ४६ अंकसहित १०औँ स्थानमा छ ।

३४ खेलबाट ८५ अंक बट्लेको लिभरपुल लिगको शीर्षस्थानमा छ । ३३ खेलबाट ८३ अंक जोड्दै म्यानचेस्टर सिटीले उसलाई पछ्याइरहेको छ । समान खेलबाट ६७ अंक जोडेको टोटेनह्याम तेस्रो स्थानमा छ । 





  • प्रकाशित मिति : बैशाख ३, २०७६ मंगलबार ८:३९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया