logo-img

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा चार प्रतिवेदन पेस

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा विभिन्न चारवटा प्रतिवेदन पेस भएका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकमा पार्टीको राजनीतिक, साङ्गठनिक, आर्थिक र सचिवालयसम्बन्धी प्रतिवेदन पेस भएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।



बैठकमा अध्यक्ष लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन, महामन्त्री डा. धवलशमसेर राणाले साङ्गठनिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरुङले सचिवालयसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गरेका हुन् ।

ती प्रतिवेदनलाई सामान्य परिमार्जनसहित यही जेठ ११, १२ र १३ गते काठमाडौंमा बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पेस गरिने जनाइएको छ ।

त्यस्तै, आज बसेको बैठकले राप्रपा जुनसुकै ओहदामा रहेका जोसुकै व्यक्तिले कानुनविपरीत गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रष्ट रहेको निष्कर्ष निकालेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

कानुन सर्वसाधारण र मन्त्रीलाई समानरूपमा लागू हुनुपर्ने जनाउँदै पार्टीले गृहमन्त्रीमाथि लागेका आरोपबारे पनि छानबिन गरिनुपर्ने धारणा सार्वजनिक गरेको छ ।  





  • प्रकाशित मिति : जेठ ९, २०८१ बुधबार २२:९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया