logo-img

एसियाली राजमार्गको काँकडभिट्टा-लौकही सडकखण्डको शिलान्यास, तीन वर्षमा निर्माण सक्ने लक्ष्य

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज एक समारोहबीच एसियाली राजमार्गमा पर्ने काँकडभिट्टा–लौकही सडकखण्डको स्तरोन्नति कार्यको शिलान्यास गरेका छन् । 

कमल गाउँपालिका–५ स्थित पाडाजुँगी चोकमा सडक विभागद्वारा आयोजित शिलान्यास कार्यक्रममा उनले विदेशमा जस्तै चार लेनका चिल्ला र ठूला राजमार्ग अब नेपालमै देख्न पाइने बताए । 



उनले एसियाली राजमार्गको निर्माणले नेपालको पूर्वाधार विकासमा नयाँ आयाम थपिने र आर्थिक विकासको नयाँ–नयाँ अवसर सिर्जना हुने बताए । ‘उत्पादन र रोजगारीसँग जोड्ने भएकाले एसियाली राजमार्गलाई नेपालले सदुपयोग गर्नुपर्छ’, उनले भने ।

शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सम्झौतामा उल्लेख भएकै तीन वर्ष अवधिमा एसियाली राजमार्गको निर्माण सम्पन्न हुने बताए ।

उनले राजमार्गको निर्माण विश्वस्तरीय हुने र निर्माण सम्पन्न भएको छ वर्षसम्म निर्माण कम्पनीले नै मर्मतसम्भारको जिम्मेवारी बहन गर्ने सम्झौता रहेको जानकारी दिए ।

भारत सरकारले पूर्वपश्चिम राजमार्गको प्रस्थानविन्दु काँकडभिट्टाको पाँच मिटरभित्रसम्म एसियाली राजमार्गको निर्माण दुई वर्षअघि नै गरिसकिएको छ भने मेची नदीमा नयाँ पुल पनि बनिसकेको छ । अब काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको ९५ दशमलव ७६ किलोमिटर सडकको स्तरोन्नति कार्यको सुरुआत भएको छ ।



‘एएचटु’ नाम दिइएको यो अन्तरदेशीय राजमार्ग एसियाली विकास बैंकको सहयोगमा बन्ने भएको हो । यस आयोजनाका लागि एसियाली विकास बैंकले तीन सय मिलियन अमेरिकी डलर ऋण प्रदान गरेको छ । यस्तै, नेपाल सरकारले ६२ दशमलव ४७ मिलियन अमेरिकी डलर लगानी गरेको छ । रासस  



  • प्रकाशित मिति : जेठ ९, २०८१ बुधबार २२:१७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया