logo-img

भारतको गृह मन्त्रालयमा बम विस्फोटको धम्की झुटो

भारतको राजधानी नयाँ दिल्लीमा गृह मन्त्रालयको कार्यालयभित्र र बाहिर गहन सरसफाइ र खोजी अभियानपछि बमको धम्की झुटो सावित भएको अधिकारीले बताएका छन् ।

प्रहरीका अनुसार दिल्लीको नर्थ ब्लकमा रहेको सङ्घीय गृह मन्त्रालयको कार्यालयलाई बुधबार एउटा इमेल आएको थियो । जसमा कार्यालय परिसरमा विस्फोटक पदार्थ राखिएको र त्यसले भवन उडाइने लेखिएको थियो ।



डिस्ट्रेस कल पाएलगत्तै प्रहरीको बम डिस्पोजल टोली र दमकल मन्त्रालयको कार्यालयमा पुगे पनि भवनमा व्यापक खोजी गर्दा पनि शङ्कास्पद वस्तु फेला परेन ।

यो घटना राष्ट्रिय राजधानीका विद्यालय, विमानस्थल र अस्पतालमा पठाइएको होक्स बम इमेलहरूको शृङ्खलामध्ये सबैभन्दा नयाँ हो । दिल्लीबाहेक जयपुर, लखनउ, कानपुर र अहमदाबादका विद्यालयहरूलाई पनि यस्तै धम्की आएको छ ।

अधिकारीहरूले यी इमेलहरूको उत्पत्ति पत्ता लगाउन यस विषयमा अनुसन्धान गरिरहेका छन् । 





  • प्रकाशित मिति : जेठ ९, २०८१ बुधबार २२:५५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया