logo-img

बंगलादेशविरुद्ध अमेरिकाको लगातार दोस्रो जित

बंगलादेशविरुद्धको टी–२० सिरिजको दोस्रो खेलमा पनि घरेलु टिम अमेरिका विजयी भएको छ । दोस्रो खेलमा ऊ ६ रनले विजयी भएको हो । पहिलो खेलमा अमेरिकाले बंगलादेशलाई ५ विकेटले हराएको थियो । 

सिरिज क्लिन स्विप गर्ने लक्ष्यका साथ अमेरिका पुगेको टेस्ट राष्ट्र बंगलादेश दबाबमा देखिएको छ । दोस्रो खेलमा अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछ्याएको बंगलादेश १९.३ ओभरमा १ सय ३८ रनमा अलआउट भयो ।  

उसका लागि नजमुल हुसेन शान्तोले ३६, शाकिवअल हसनले ३०, तौहिद हृदयले २५ र तान्जिद हसनले १९ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

अमेरिकाका लागि अलि खानले तीन, सौरभ नेत्रावल्कर र शेडले भ्यान शाल्कविकले एक/एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४४ रन बनायो । 

उसका लागि कप्तान मोनांक पटेलले ४२, आरोन जोन्सले ३५, स्टिभन टेलरले ३१ र कोरि एन्डरसनले ११ रन बनाए । बंगलादेशका लागि राशिद होसेन, मुस्तफिजुर रहमान र शोरिफुल इश्लामले दुई/दुई विकेट लिए ।

योसँगै तीन खेलको सिरिज अमेरिकाले एक खेलअगावै जितेको छ । यी दुई टिमबीचको तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ । 





  • प्रकाशित मिति : जेठ ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया