जबरजस्ती अप्राकृतिक मैथुन गरेकाे आराेपमा २ युवक पक्राउ

सिरहा– १० बर्षीय बालकसँग मुख थुनेर जबरजस्ती अप्राकृतिक मैथुन गरेको आरोपमा सिरहाबाट मंगलबार बिहान २ जना पक्राउ परेका छन् ।

सिरहाको धनगढी नगरपालिका ७ वस्ने ती बालकलाई अप्राकृतिक मैथुन गरेको आराेपमा प्रहरीले सुखीपुर नगरपालिकला–८ बस्ने २६ वर्षीय कृष्ण मण्डल र सोही नगरपालिका–४ का २५ वर्षीय सञ्जय श्रेष्ठलाई पक्रेको प्रहरीले जनाएकाे छ । 

प्रहरीका अनुसार उनीहरुले ती बालकलाई मण्डल र श्रेष्ठले सुखीपुर नगरपालिका–८ स्थित बाबुराम खोलामा लगी अप्राकृतिक यौन क्रियाकलाप गरेका थिए ।

इलाका प्रहरी कार्यालय सुखीपुरले ती दुवैलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएकाे छ । 





  • प्रकाशित मिति : बैशाख ३, २०७६ मंगलबार १२:२७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया