logo-img

आइपिएल फाइनल पुग्न राजस्थान र हैदराबाद भिड्दै, ‘हेड टु हेड’ मा कुन टिम अगाडि ?

भारतमा जारी १७औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल प्रवेशका लागि आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दै छन् । यी दुई टिमबीचको क्वालिफायर खेल राति ७ः४५ देखि चेन्नईमा सुरु हुनेछ । 

हैदराबाद पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग पराजित भएपछि क्वालिफायर–टु खेल्न लागेको हो । यस्तै, राजस्थानले एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई स्तब्ध बनाउँदै क्वालिफायरमा हैदराबादसँगको भेट पक्का गर्यो । 

राजस्थान अब हैदराबादलाई पनि पाखा लगाउँदै फाइनलको यात्रा गर्न चाहन्छ । हैदराबाद राजस्थानविरुद्धको दबदबा कायमै राख्दै फाइनलको टिकट काट्ने सोचमा छ । 

राजस्थानसँगको पछिल्लो पाँच खेलमा हैदरबादले तीनमा जित र दुई खेलमा हारको सामना गरेको छ । आइपिएल इतिहासकै कुरा गर्दा हालसम्म यी दुई टिमले १९ खेलमा एकअर्काको सामना गरेका छन्, जसमा हैदराबादले १० र राजस्थानले ९ खेलमा जित निकालेको विगत छ ।

अहिलेसम्म यी दुई टिमले एक–एकपटक आइपिएलको उपाधि जितेका छन् । राजस्थानले डेब्यू सिजन अर्थात् सन् २००८ को आइपिएल उपाधि जितेको थियो । त्यसयता ऊ एकपटक फाइनलमा पुगेको छ । राजस्थानले सन् २०२२ को आइपिएल सिजनको फाइनलमा पुगेको थियो । 

यस्तै, हैदराबादले सन् २०१६ को आइपिएल ट्रफी जितेको थियो । ऊ सन् २०१८ को आइपिएल उपविजेता टिम पनि हो । आज जित्ने टिम आउँदो आइतबार उपाधिका लागि कोलकातासँग भिड्नेछ ।  





  • प्रकाशित मिति : जेठ ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया