logo-img

प्रतिनिधिसभा बैठक स्थगित, छानबिन समिति नबन्दासम्म अवरोध जारी राख्ने विपक्षी दलको निर्णय
फाइल तस्बिर

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन माग गर्दै भन्दै विरोध संसद् बैठक आगामी आइतबारसम्मका लागि स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले संसदको कामकारबाही अगाडि बढाउन कांग्रेस सांसदसँग पटकपटक आग्रह गरे । तर, कांग्रेस सांसदले नाराबाजी गर्न थालेपछि सभामुख घिमिरेले अर्को बैठक आइतबार बिहान ११ बजेका लागि बोलाएका छन् । 

यस्तै, विपक्षी दलको बैठकले संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठक चल्न नदिने निर्णय गरेको छ । शुक्रबार बिहान संसद् भवनमा बसेको बैठकले सहकारीको रकम अपचलन गरेको मुद्दालाई सडकमा पनि संयुक्तरूपमा उठाउने निर्णय गरेको हो । 

‘गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन हुने गरी संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने निर्णय भएको छ । सहकारीको मुद्दालाई लिएर विपक्षी दलहरू सडकमा पनि सँगै जाने कुरा भएको छ,’ राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भने । 



विपक्षी दलको बैठकमा कांग्रेस, राप्रपा, जसपा, लोकतान्त्रिक समाजवादी पार्टी र जनमोर्चाका नेता सहभागी थिए । 





  • प्रकाशित मिति : जेठ ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया